free website hit counter

साथीको विवाहमा जीवन बीमा उपहार !

beemaadmin
२०८० जेष्ठ १७, बुधबार

काठमाडौं । खुशीयालीमा दिने उपहारको शैलीमा परिवर्तन भएको छ । बर्दिबास नपा–१४, महोत्तरी निवासी परमेश्वर महतोको विवाहमा साथीले जीवन बीमा योजना उपहार दिनुभएको छ । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंहले आफ्ना साथी परमेश्वर महतोेको यही जेठ १५ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिनुभएको हो । प्रभु लाइफ इन्स्योरेन्सको जीवन स्पर्स बीमा योजना उपहार दिनुभएको हो ।
आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख राकेश कुमार सिंहले बताउनु भयो । विवाहमा अन्य जिन्सी उपहार दिनु भन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गर्नुभयो । यसले विवाहकै दिन देखिनै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताउनुभयो ।
वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह एवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो । परमेश्वर महतोको विवाह अम्बिका महतोसँग भएको हो । होटल व्यवसायी दुलाहा परमेश्वर महतोे विभिन्न संघ संस्थासँग समेत आवद्ध रहनुभएको छ ।

सम्बन्धित समाचार