काठमाडौं । सानिमा बैंकले आफ्ना बचतकर्ताहरुका लागि ल्याएको दीर्घायु बचत योजनाअन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधिउपचार बीमा दाबी रकम भुक्तानी गरेको छ ।
बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी यादव श्रेष्ठले रु. ४७,२३०।०० को औषधि उपचार बीमा भुक्तानी पाएका छन् । सानिमा बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरे ।
दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक रु. ५ हजारको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा, रु. ५ हजार सम्मको ओ।पी।डी। भुक्तानी शुल्क सहित रु. ५० हजार सम्मको औषधि उपचार नेपाल र भारतमा गरिने उपचारमा बीमा, रु १० लाखको दुर्घटना बीमा र रु ३ लाखको ६ घातक रोगहरुको बीमा सुविधा पाउन सक्नेछन् । श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो ।