free website hit counter

सानिमाको बाल श्री जीवन बीमा योजना

beemaadmin
२०७९ श्रावण १६, सोमबार

काठमाडौं । प्रतिस्पर्धात्मक बीमा बजारमा नयाँ नयाँ सेवा सुविधासहित बीमालेख जारी हुने गरेको छ । जीवन बीमा व्यवसायमा अघि बढेको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सानिमा बाल श्री जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले धुलिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै सय अभिकर्ताको उपस्थितिमा उक्त जीबन बीमा योजना सार्वजनिक गरको हो । यो योजना बच्चा जन्मेदेखि १० बर्षसम्मकाले खरिद गर्न सक्नेछन् । जसको न्युनतम बीमा शुल्क भुक्तानी अवधि १० वर्षको रहने कम्पनीले जनाएको छ । साथै अधिकतम बीमा शुल्क भुक्तानी अवधि २० वर्ष रहेको छ । कम्पनीका अनुसार बालवालिकाकको प्रस्तावकको अधिकतम उमेर ६५ वर्ष भन्दा माथि हुँदा मान्य हुनेछैन । यो पोलिसी खरिद गर्दा न्युनतम बीमाङ्क ५० हजार रुपैयाँ तोकिएको छ भने अधिकतम बीमाङ्क ५० लाख भन्दा माथिको मान्य हुने छैन । बीमितको परिवारले वार्षिक, अर्धवार्षिक र त्रैमाशिक रुपमा बीमा शुल्क भुक्तानी गर्ने सुविधा प्राप्त गर्नेछन् । ठुलो बीमाङ्कको हकमा २ लाख ५० हजारदेखि ४ लाख ९९ हजार ९९ रुपैयाँसम्मको लागि प्रतिहजार एक रुपैयाँ छुट पाइनेछ । त्यस्तै ५ लाख भन्दा माथिको बीमाङ्क रहदा प्रतिहजार २ रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ ।
यस बीमालेखका मुख्य विशेषतामा बीमा समाप्ति मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमा र नियमानुसारको बोनस एक मुष्ट प्रदान गरिने । बीमा प्रारम्भ भएपछि बीमा जोखिम प्रारम्भ नभएको अबस्थामा बीमितको मृत्यु भएमा पुरक करार सुबिधाको लागी तिरेको बीमाशुल्क बाहेक सम्पूर्ण बीमाशुल्क फिर्ता गरिने । बीमा जोखिम प्रारम्भ भएपछि बिमितको मृत्य भएमा तत्काल बीमाको २५ प्रतिशत हुनआउने रकम प्रस्ताबकलाई भुक्तानी गरिने कम्पनीले जनाएको छ । साथै बाँकी ७५ प्रतिशत रकम बीमा अबधि समाप्ती भएपछि व्याज र बिमितको मृत्यु हुदाको अबधिको आर्जित बोनस नियमानुसार भुक्तानी गरिनेछ । उल्लेखित व्याज भुक्तानीगर्दा बीमा समितिले तोकिदिएको व्याजलाई आधारमानी भुक्तानी गरिनेछ।
यसैगरी, यस बीमा योजनामा न्यून अतिरिक्त शुल्क तिरी बीमाशुल्क छुट सुबिधा लिन सकिने व्यवस्था गरेको छ, जस अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमा प्रस्तावकको मृत्यु भएमा बीमालेख तथा करारको अधिनमा रही बीमा अबधि समाप्त नभएसम्मको अबधि वा बीमितको उमेर २० बर्ष नपुगेसम्म जुन पहिला आउँछ सो अबधि सम्म बीमालेख अन्तर्गतको बीमाशुल्क भुक्तानीमा पूर्ण छुट प्रदान गरिनेछ । यसैगरी, यस बीमा योजनामा न्यून अतिरिक्त शुल्क तिरी करारमा उल्लेखित बमोजिमको घातक रोग उपचार खर्च प्रस्ताबकका लागी लिन सकिने व्यवस्था गरेको छ, जस अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमा प्रस्तावकलाई घातक रोग लाग्न गएमा बीमालेख तथा करारमा उल्लेख भए बमोजिम उपचार खर्च प्रस्ताबकलाई उपलब्ध गराईने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार