काठमाडौँ । बैकिङ सेवालाई समयसापेक्ष चुस्त बनाउँदै लगेको सानिमा बैङ्कले नाफालाई पनि उस्तै सुधारको बाटोमा अघि बढाएको छ । बैंकले ६ महिनामा १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्म सो रकम नाफा कमाएको हो । सानिमाको यो नाफा अघिल्लो वर्षको सोही समयको तुलनामा ९८ करोड बढी हो ।
बैंकले पुस मसान्तसम्ममा ९९ अर्ब निक्षेप संकलन गरी ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । पुस मसान्तसम्म बैङ्कको जगेडा कोष २ अर्ब २३ करोड रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा करिब १९ करोड रुपैयाँले बढी हो ।
सानिमा बैंकले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी ५ अर्ब ६ करोडबाट बढेर ५ अर्ब ७७ करोड पुग्दा ब्याज खर्च ३ अर्ब १६ करोडबाट ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । ६ महिनामा बैङ्कको कर्मचारी खर्च अघिल्लो वर्ष ५८ करोड १० लाख रहेकोमा यो वर्ष ६२ करोड १६ लाख पुगेको हो । अन्य सञ्चालन खर्च करिब ५ करोड बढेर २८ करोड पुगेको छ ।
बैङ्कको पुँजी पर्याप्तता अनुपात १२.७८ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपातलाई ०.२४ प्रतिशतबाट ०.४४ प्रतिशतमा पुगेको बैंकको कस्ट अफ फण्ड ७.३३ प्रतिशत र बेसरेट ९.२९ प्रतिशत छ ।
बैंकले बचत खातामा ५ प्रतिशतदेखि ६.५ प्रतिशत र मुद्दति खातामा ८.५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा ६ प्रतिशतसम्म थप गरेर लिनेगरी पछिल्लो ब्याजदर निर्धारण गरेको छ ।