free website hit counter

सानिमा जनरल र जनरल इन्स्योरेन्सले डाके विशेष साधारण सभा

beemaadmin
२०७९ भाद्र २७, सोमबार

काठमाडौं । चुक्ता पुँजी वृद्धिका लागि बीमा समितिले दिएको समय सीमाभित्र मर्जरमा जाने बीमा कम्पनीहरु बढिरहेका बेला सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले एक आपसमा गाभ्नेरगाभिने प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ। यी दुबै इन्स्योरेन्सले असोज ११ गते बिहान ११ बजे विशेष साधारण सभा डाकेका हुन्। सानिमा जनरल इन्स्योरेन्सले सभा कुण्डलीनी दरबार बैङक्वेट, चण्डोल, काठमाडौँमा र जनरल इन्स्योरेन्स (जीआईसी) ले अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बोलाएका हुन्।
सभाले यी दुई इन्स्योरेन्स एक आपसमा गाभ्नेरगाभिने, मर्जरपश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कायम गर्ने, डिडिएका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ बराबर १ कायम गर्ने, गाभिएपश्चात संस्थापक तथा सर्वसाधारण शेयरधनीको अनुपात ५१ः४९ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ यी दुबै इन्स्योरेन्सले असोज ६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार