free website hit counter

सानिमा जिआईसी इन्स्योरेन्सको ३.६४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

beemaadmin
२०८१ बैशाख ९, आईतवार

काठमाण्डौ । कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको कम्पनीको ३ लाख ६४ हजार २८६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले बीमा प्राधिकरणले तोकेको शर्तहरुको अधिनमा रहि नागपोखरीमा रहेको बिक्री प्रबन्धक कुमारी क्यापिटलमा आईपुग्ने गरि आवेदन दिनुपर्नेछ । संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८६ रुपैयाँ निर्धारण गरिएको छ । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार