free website hit counter

सानिमा बैंकको सिइओमा पाण्डे नियुक्त

beemaadmin
२०७८ पुष ६, मंगलवार

काठमाडौं । बैकिङ क्षेत्रमा झण्डै तीन दशकको अनुभव हासिल गरेका निश्चलराज पाण्डे सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेको हो । २०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे असोज २०७८ देखि सो बैंकमै नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । बैंकिङ्ग क्षेत्रमा २६ वर्ष लामोे अनुभव बटुलेका पाण्डेले यसअघि नबिल बैंकमा १८ वर्ष काम गरिसकेका छन् ।
कर्जा क्षेत्रमा विज्ञता हासिल गरेका पाण्डेले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी वहन गरिसकेका छन् भने सानिमा क्यापिटलको संचालक रहिसकेका छन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार