काठमाडौं । घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई सानिमा बैंकले “सानिमा प्रथम घर कर्जा” को कर्जा योजना ल्याएको छ । यो सुविधा अन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १०० प्रतिशतसम्म बैंकले कर्जा उपलब्ध गराउने छ ।
सानिमा प्रथम घर कर्जा योजनाअन्तर्गत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्ने छ । साथै, ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न “सानिमा प्रथम घर कर्जा” अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको सुरुवाती समयको लागि यथावत् राखिने बैंकले जनाएको छ ।