free website hit counter

सानिमा बैंकले दियो १० लाखको दुर्घटना बीमा

beemaadmin
२०८१ बैशाख १५, शनिबार

काठमाडौं । बचत खातामा रहेको बीमा सुविधाको रकम सानिमा र्बैंकले हस्तान्तरण गरेको छ । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको हो । यस बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक मुना पौडेलले संयुक्त रुपमा बीमा रकम हस्तान्तरण गरेका हुन् । दुर्घटनाका कारण मृत्यु भएका राजेन्द्र पिठाकोटीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा सुपर सेभिङ्ग खाता खोलेका थिए। सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा, १० हजार रूपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा र ५ हजार रूपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरुमा छुट प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम संचालनमा रहेका छन् ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार