काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा १२८ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदै ११ करोड ८ लाख पुगेको छ। गत आर्थिक वर्ष सोही अवधिमा नाफा ४ करोड ८५ लाख रुपैयाँ थियो । ३ महिनाको अवधिमा कम्पनीले १ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले ८ करोड २७ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने १ अर्ब ४३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन १६० दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै तीन महिनाको अवधिमा कम्पनीले अभिकर्ता कमिशन अन्तर्गत १५ करोड १२ लाख खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ७ करोड २० लाख खर्च गरेको थियो । ४ अर्ब १८ करोड चुक्ता पुँजी भएको कम्पनीको संचित मुनाफामा ८२ करोड ४६ लाख संचित गरेको छ । त्यस्तै अन्य इक्वीटी १ करोड ९९ लाख पुगेको छ । जीवन बीमा कोष असार मसान्तको तुलनामा ८ दशमलव ३१ प्रतिशतले वृद्धि हुँदै ११ अर्ब ८२ करोड पुगेको छ। असार मसान्तमा जीवन बीमा कोष १० अर्ब ९१ करोड थियो ।