काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर भई नयाँ बन्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका भूतपूर्व सिईओ शिवनाथ पाण्डेलाई नियुक्त गर्ने निर्णय भएको छ । दुवै कम्पनीका मर्जर कमिटीले पाण्डेलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सो सम्बन्धी फाइल बीमा प्राधिकरणमा पठाउने तयारी भइरहेको छ । एकीकृत कम्पनीको डेपुटी सिईओमा राकेश पोखरेल र अगम मुखिया रहनेछन् । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोज केडियाले एकीकृत कारोबारपछि कम्पनीलाई बृहत गतिमा लैजानमा नयाँ सिईओ नियुक्त गरिएको बताए । पाण्डेलाई दुवै कम्पनीको सञ्चालक समितिले नियुक्त गर्ने निर्णय गरी आज सम्पन्न बार्षिक साधारणसभाबाट पारित गरिसकेको छ । अब बीमा प्राधिकरणबाट स्वीकृत लिएपछि सिईओको जिम्मेवारी सम्हाल्नेछन् । पाण्डे नेपाल सरकार अर्थमन्त्रालयले गठन गरेको उच्चस्तरीय तलव सुुविधा आयोगको सदस्य हुन् । नयाँ कम्पनीमा सिईओ बन्न आयोगबाट राजिनामा दिनुपर्नेहुन्छ ।