free website hit counter

सानिमा रिलायन्स लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८० चैत्र २३, शुक्रबार

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको ज्यान गएपछि मृतक परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले चैत २२ गते मसुरिया कैलाली शाखाले बीमा बापत मृतक माघुराम चौधरीको श्रीमति गितादेबी चौधरीलाई एक कार्यक्रम गरी १० लाखको चेक हस्तान्तरण गरेको हो । कैलारी गाउँपालिकाले २०७९ असोज महिनामा सम्पुर्ण जनप्रतिनिधिहरुको सुरक्षाका निम्ति म्यादी बीमा गराएको थियो सोही क्रममा वडा न।८ का जनप्रतिनिधि स्व।माघुराम चौधरीको पनि बीमा गरिएको थियो । बीमा गरेको ११ औं महिनामा अथवा २०८० भाद्र ३ गते उनको आसमयिक निधन भएको थियो । सोही अनुसार कम्पनीले परिवारलाई सो रकम हस्तान्तरण गरेको हो । मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गर्नका लागि कैलरी गाउँपालिकाको वडा न।८ को वडा कार्यालयमा ५० औं जनाको सहभागितामा सम्पन्न गरिएको हो सो कार्यक्रमका सभापति वडा न। ८ का वडा अध्यक्ष तारामल कठरिया रहेका थिए । प्रमुख अतिथी कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी र बिशिस्ट अथिती सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेती रहेका थिए । अथिती कैलारी गा।पा।का प्रमुख प्रशासकीय आधिकृत लक्ष्मी दत्त भट्ट , सानिमा रिलायन्स लाइफका क्षेत्र शाखा प्रबन्धक हेमन्त बहादुर सिंह, मसुरिया शाखा प्रबन्धक पुरनलाल राना, मार्केटिङ अफिसर लौटन कुमार कठरिया लगायतका समाजसेबि बुद्धिजीवी र मृतकका परिवारहरुको सहभागिता थियो ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार