free website hit counter

सानिमा रिलायन्स लाइफद्वारा १८ प्रतिशत बोनस शेयर दिने घोषणा

beemaadmin
२०८१ भाद्र ३१, सोमबार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोनस शेयर घोषणा गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को संचित मुनाफाबाट शेयरधनीहरूलाई वितरण योग्य लाभांश बापत चुक्ता पूँजीको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त घोषित लाभांश नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ ।

सम्बन्धित समाचार