काठमाडौं । स्थापनाको छोटो समयमै बीमा बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेको सानिमा लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८३ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ जुन कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४१ करोड ७९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ५९ प्रतिशतले वृद्धि भएको छ ।
समिक्षा अवधिमा कम्पनीले ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ८ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलव १७ प्रतिशतले घटेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड २० लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले जीवन बीमा कोषमा ९५ करोड रुपैयाँ संचित रहेको छ । चौथौ त्रैमाससम्मको अवधिसम्ममा कम्पनीले २९ वटा बीमा दाबी वापत १ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गरको छ ।