काठमाडौं । आफ्ना बीमिको असामयिक निधनपछि सानिमा लाइफ इन्स्योरेन्स टिकापुर शाखाले स्वर्गीय बीमित गौरीप्रसाद भाटकी श्रीमती पवित्रा भाटलाई २ लाख रुपैयाँ दावी वापत हस्तान्तरण गरेको छ । कम्पनीले निजकै घर लम्की चुहा ०४ गई हस्तान्तरण गरेको छ। निज मृतक गौरी प्रसाद भाट १ वर्षको पहिले बीमांक रकम २ लाख रुपैयाँको जीवन बीमा गराएका थिए। टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशीले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै सानिमा लाइफले मृत्यु दावी भुक्तानी छिटो छरितो गर्ने कम्पनी को मुख्या मिसन भएको बताइन् ।
सो कार्यक्रम मा सानिमा लाइफ टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशी, बजार अधिकृत तुलिराम चौधरी र एजेन्सी मेनेजर बिष्ण जोशी लगायत स्थानियाको उपस्थिति रहेको थियो।