काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको मृत्युपछि मृतकको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ ।
कम्पनीले एक कार्यक्रम आयोजना गर्दै मृतकको परिवारलाई बीमा दाबी बापत २ लाख ५० हजार रुपैयाँ रकम भुक्तानी गरेको हो ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको सदरमुकाम निलकण्ठ नगरपालिका २ धादिङका बीमीत बिनोद आलेमगरको मृत्युपछि उनकी आमा कृष्णकुमारी आलेमगरलाई बीमा दाबी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले उक्त चेक मृतककी आमा कृष्णकुमारीलाई हस्तान्तरण गरेको हो ।