free website hit counter

सानिमा लाइफद्वारा १५ लाख मृत्यु दावी भुक्तानी

beemaadmin
२०७८ भाद्र २, बुधबार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गरेका बीमितको असामयिक निधन भएपछि आश्रित परिवारलाई बीमा दाबी भुक्तानी गरिएको छ ।

सानिमा लाइफमा पाँच लाख रुपैयाँको जीवन बीमा गरेका धनगढी, सिगास गाउँपालिका–५ का नयन सिंह रोकायाका दुर्घटनामा मृत्यु भएपछि कम्पनीले श्रीमती मीना रोकायालाई बीमा दाबी भुक्तानी बाफतको १५ लाख २० हजार हस्तान्तरण गरेको छ ।

नयन सिंह रोकायाले २०७६ जेठ २८ गते सानिमा लाइफ धनगढीबाट पाँच लाख रुपैयाँ बीमाङ्कको बीमा गरेका थिए । सानिमा लाइफमा इन्स्योरेन्स कम्पनीमा दुर्घटनाको अतिरिक्त लाभ लिन पाइने बीमा पोलिसी खरिद गरेका कारण उनमा आश्रित परिवारले बीमा शुल्कको तीन गुणा दावी भुक्तानी प्राप्त गरेको हो ।

शिगास गाउपालिका ५ का वडा अध्यक्ष रामबहादुर धामी, स्थानीय समाजसेवी टिका धामी, धनगढी शाखा प्रमुख हेमन्त बहादुर सिंह, बजार शाखाकी कर्मचारी बिद्या सिंह र परम्धन राना मेनेजर किसन बहादुर चौधरीलगायतको उपस्थितिमा बीमा दाबी भुक्तानी गरिएको हो ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार