काठमाडौं । बीमितको असामयिक निधनपछि सानिमा लाइफ इन्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कलंकी शाखाले मृतक बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका बीमित नमिता सुवेदीको असामायिक निधन भएकोमा उनको श्रीमानलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
राई परिवारलाई २० लाख भुक्तानी
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित धन कुमारी राईको असामायिक निधनपछि उनको हकवालालाई २० लाख २० हजार रुपैयाँको बीमा दाबी भुक्तानी गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सको धरान शाखाले बीमितको परिवारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।