free website hit counter

सानिमा लाइफले बोलायो वार्षिक साधारणसभा

beemaadmin
२०७९ माघ २०, शुक्रबार

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्सले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको माघ १९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित कुण्डलिनी दरबार बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच आपसमा गाभिने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्र, अन्तिम सम्झौतापत्र तथा अन्य सम्झौताहरु अनुमोदन गर्नेछ। सभाले मूल्यांकनकर्ताबाट तयार भएको डीडीए रिपोर्ट र १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुने सहमति पनि स्वीकृत गर्नेछ। आपसमा गाभिएपछि कम्पनीको नियमावलीको नियम १ र २ संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले आर्थिक वर्ष २०७७–७८को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २६ गते (माघ २७ गते शुक्रबार र २८ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार