free website hit counter

सानिमा लाइफ इन्स्योरेन्सद्वारा चौलागाई परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७९ भाद्र २२, बुधबार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितको ज्यान गएपछि आश्रित परिवारलाई बीमा दाबी भुक्तानी हस्तन्तरण गरेको छ । कम्पनीको हेटौडा शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो। कम्पनीले हेटौंडा नगरपालिका ५ का बीमित नवीनकुमार चौलागाईकी हकवाला श्रीमति प्रतिभा आचार्यलाई चेक हस्तान्तरण गरेको हो। हेटौडा शाखाका प्रमुख अजय फुँयालले एक कार्यक्रमकाबीच बीमितको परिवारलाई १२ लाख ४४ हजार ७ सय ३१ रुपैयाँ दाबी भुक्तानी गरेको हो। उक्त चेक हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख फुँयाल सहित मनहरी शाखा बजार प्रमुख अनु लामा श्रेष्ठ, बिनोद मोक्तान, एजेन्सी म्यानेजर मीन प्रसाद नेपाल लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार