free website hit counter

सानिमा लाईफद्वारा रक्तदान

beemaadmin
२०७६ मंसिर २०, शुक्रबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो दोस्रो वार्षिकत्सवको अवसर पारेर राजधानीको सिभिल मलमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । अस्पतालहरुमा रगतको अभावमा भइरहेको समाचार आइरहेको बेला कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा कम्पनिका महाप्रबन्धक शिवराम तिमिल्सनालगायत करिब ५० जना कर्मचारी, अभिकर्ता तथा सर्बसाधारणले रक्तदान दिएका छन् ।
सानिमा लाईफ इन्स्योरेन्सले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तिका लागि देशभर शाखा सञ्जाल विस्तार गर्दै र जीवन वीमा सेवाबाट वन्चित अधिकतम नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार