free website hit counter

सामाजिक सुरक्षामा बीमाको भूमिका र महत्व

beemaadmin
२०७९ मंसिर २२, बिहीबार

व्यक्ति व्यक्ति मिलेर समुह बन्छ, समुहहरु मिलेर समाज र राष्ट्र बन्दछ । व्यक्तिका व्यक्तिगत समस्या हुन्छन् भने समाजको सामाजिक समस्या । एउटा उन्नत समाज सामाजिक सुरक्षामा आधारित हुन्छ । सुरक्षा विना प्राप्तिको अर्थ रहँदैन तसर्थ एउटा विकसित समाजजमा सामाजिक सुरक्षाको विषय अहम् बन्छ ।
एउटा व्यक्ति जन्मेदेखि मृत्युसम्मका सम्पूर्ण कार्य एवं कार्म यो समाजमा रहेर गर्छ । उ राम्रो व्यक्ति हुन वा खराब केही हुुनुमा समाजलाई अवश्य असर पर्दछ । सामाजिक सुरक्षा अब्बल भएमा उसको खराब व्यक्ति बन्ने सम्भावना कम रहन्छ यसर्थ २१ औँ शताब्दीको समाज या सामाजिक सुरक्षाको ज्यादै महत्व देखिन्छ ।
सामाजिक सुरक्षाका विषयवस्तु र दायरा त व्यापक छन् तर यसमा बीमाको कमीको बारेमा प्रकाश पार्नु जरुरी छ । शिक्षा, स्वास्थ्य र रोजगारी, गाँस, बास र कपासको प्रत्याभूति गर्न सामाजिक सुरक्षा आवश्यक परे भैmँ दुर्घटना, दैवीप्रकोप, अब त सादा, स्वास्थय, रोजगारी बीमा सम्भव भएको हुँदा विकसित समाजले बीमालाई महत्वपूर्ण आर्थिक उपकरणको रुपमा प्रयोग गरेका छन् भन्ने हो भने विकसित समाज आर्थिक साधन र गतिमा समाजभन्दा सक्षम नै हुन्छ ।
अतः विकसित समाज निर्माणार्थ सामाजिक सुरक्षामा बीमाको महत्वलाई बुझ्न यसका फाईदा उपयोग गर्न र सबले सक्षम एवं उन्नत सुरक्षित समाज निर्माण गर्नु आजको आवश्यकता हो र त्यो आवश्यकता पुरा गर्ने दायित्व र जिम्मेवारी हाम्रो हो ।

सम्बन्धित समाचार