free website hit counter

सामान्य बढ्यो नेप्से

beemaadmin
२०८० माघ २३, मंगलवार

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। मंगलबार दिन नेप्से परिसूचक ९.४४ अंक बढेर २०८५.७१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ४३ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१५ स्टकको ६६ जार ५५९ पटकको कारोबारमा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको ७६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो। समाज लघुवित्तको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ६९ रुपैयाँ ३० पैसा बढेर ७६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन गुराँस लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जीको कारोबार रकम साढे १६ करोड नाघेको छ।

सम्बन्धित समाचार