काठमाडौं। सर्वसाधारणका लागि निष्कासन तथा विक्री खुला भएको साहस उर्जा लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले भदौ ६ गतेदेखि ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन् ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै आज अर्थात् आइतवार निष्कासन बन्द हुने भएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।