free website hit counter

सिईओहरुसँग बीमा प्राधिकरणका अध्यक्षको छलफल

beemaadmin
२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेपालमा सञ्चालित जीवन तथा निर्जीवन बीमा कमपनीका सिईओहरुसँग छलफल गरेका छन् । छलफलमा बीमा क्षेत्रमा सञ्चालनमा रहेका समस्या र समाधानका लागि हुनसक्ने प्रयासमाथि छलफल भएको थियो । जीवन बीमा कम्पनीका सिईओहरुसँगको छलफलपछि निर्जीवन बीमा कम्पनीका सिईओहरुसँग छलफल भएको थियो । सो छलफलमा अध्यक्ष एक्लै बसेर सिईओहरुसँग गफ गरेका थिए । यसअघिको सुरुवाती ब्रिफिङमा बीमा प्राधिकरणका छ जना निर्देशक र कार्यकारी निर्देशक समेत राखेर छलफल गरेकोमा यस पटक एक्लैले सिईओहरुको कुरा सुनेका थिए । बीमा प्राधिकरणको अध्यक्षको रुपमा गत फागुन १३ गते पदभार ग्रहण गरेपछि प्राधिकरणभित्र निर्जीवन बीमा कम्पनीका सिईओहरुलाई अध्यक्ष ओझाले पहिलो पटक सामूहिक रुपमा भेटवार्ता गरेका हुन् । बुधबारको छलफलमा ओझा अत्यन्तै नरम शैलीमा प्रस्तुत हुँदै सिईओहरुलाई बीमा प्राधिकरणबाट प्रवाह भइरहेका सेवाहरुको प्रभावकारिताका बारेमा जिज्ञाशा राखेको प्राधिकरण स्रोतले जनाएको छ । छलफलमा सिईओहरुले आफ्ना समस्या राखेका थिए भने अध्यक्षले बीमा प्राधिकरणका कर्मचारीहरुबाट भइरहेको कामको डेलिभरी, समस्या र समाधानका उपायहरु के के हुनसक्छन् भनेर सोधेका थिए । बुधबारको छलफल अत्यन्तै सकारात्मक रहेको एक जीवन बीमा कम्पनीका सिईओले बीमापोष्टलाई जानकारी दिए । उनले भने, नियामकले बीमा क्षेत्रमा के के समस्याहरु छन् र कसरी समस्याहरुको समाधान गर्न सकिन्छ भनेर चासो राख्नुलाई मैले सकारात्मक रुपमा नै लिएको छु ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार