free website hit counter

सिटिजन्स बैंकको ९.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध गराउने

beemaadmin
२०८० फाल्गुन १९, शनिबार

काठमाडौं । सिटजन्स बैंकले स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ ७ वर्षको लागि स्थिर रहने गरि ९.९९ प्रतिशत मा घर कर्जा योजना सार्वजनिक गरको छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १ प्रतिशत बढीको प्रिमियम दर लागु हुने बैंकले जनाएको छ । कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्नेछ । घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

सानिमा रिलायन्सको नाफा झण्डै दोब्बर

beemaadmin
२०८१ बैशाख २८, शुक्रबार

जोखिम न्युनिकरणका फाइदा

beemaadmin
२०८१ बैशाख २८, शुक्रबार

छिमेक लघुवित्तको नाफामा गिरावट

beemaadmin
२०८१ बैशाख २८, शुक्रबार