free website hit counter

सिटिजन्स बैंकले २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्ने

beemaadmin
२०७६ फाल्गुन १४, बुधबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा फागुन २० गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ५० करोड रुपैयाँबराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ। सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम ९ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। १० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक १०।२५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

Advertisement
Advertisement

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सो ऋणपत्रमा छिटोमा फागुन २३ गते र ढिलोमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ।

Advertisement
Advertisement

सम्बन्धित समाचार