free website hit counter

सिटिजन छाडेर आइएमई लाइफको सिईओ बन्दै फुयाल

beemaadmin
२०७७ भाद्र ३, बुधबार

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले रिक्त सिइओ पदमा नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ । आइएमई लाइफको सिइओ बन्ने भएपछि सिटिजन लाईफ इन्स्योरेन्समा मार्केटिङ् प्रमुख पदमा कार्यरत कवि फुयाँलले कम्पनीबाट बिदा लिएका छन् । साउन अन्तिम साता बसेको आइएमई लाइफ कम्पनीको सञ्चालक समितिको बैठकले सिईओ नियुक्त गर्ने प्रस्ताव अघि बढाएपछि फुयालले पाइला अघि बढाएका हुन् ।
आईएमई लाईफमा जान लागेका फुयालको राजीनामा सिटिजन लाईफले स्वीकृत गरिसकेको छ । कम्पनीले फुयालको बहिर्गमनमा केही असन्तुष्टि जनाए पनि राजीनामा स्वीकृत गरिदिएको बताइएको छ । आइएमई लाईफमा नयाँ सिईओ नियुक्तिका विषयमा बीमा समितिमा औपचारिक जानकारी भने गराइएको छैन । बीमा कम्पनीमा सिईओ नियुक्तीका लागि बीमा समितिबाट स्वीकृत लिनुपर्ने व्यवस्था छ । बीमा समितिमा पेश भएको २१ दिनसम्म अध्ययन, जाँचबुझ गरेपछि योग्यता पुगेका व्यक्तिलाई सिईओ नियुक्ति गर्न सञ्चालक समितिलाई अनुमति दिएपछि मात्रै प्रक्रिया औपचारिक रुपमा सिईओ नियुक्त गर्ने बाटो खुल्नेछ । आईएमई लाईफबाट सिईओ श्रीचन्द्र भट्टले राजिनामा दिएर ज्योति विकास बैंकमा गएपछि सिईओ पद रिक्त थियो । फुयाँल बजारमा प्रभाव पार्न सक्ने दक्षतायुद्ध व्यक्ति मानिन्छन् । जीवन बीमा क्षेत्रमा लामो समय काम गरेका फुयाँलले आईएमई लाईफको बजार हिस्सा बढाउने विश्वास गरेर कम्पनीले सिईओ नियुक्त गर्न लागेको जनाइएको छ ।

सम्बन्धित समाचार