काठमाडौं । जीवन बीमा व्यवसायमा स्वस्थ प्रतिस्पर्धाका साथ आफ्नो स्थाना कायम गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै सबै सूचांकमा प्रगति देखाएको छ । कम्पनीको जीवन बीमाकोष १११.४० प्रतिशतले वृद्धि भएर ४ अर्ब २४ करोड ५५ लाख पुगेको छ । गत आवको आश्विन मसान्तसम्ममा कुल बीमाशुल्क ६२ करोड ८ लाख संकलन गरेकोमा यस आवको सोही अवधिमा एक अर्व २४ करोड ३२ लाख संकलन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५९ करोड १० लाखबाट करिव ४४ प्रतिशत ले बढाएर ८५ करोड ३ लाखको उचाईमा पुर्याएको छ । यसका साथै कम्पनीले लगानी, बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा करिव ५१ प्रतिशतले वृद्धि गरी १६ करोड ५१ लाख पुर्याएको छ ।
कम्पनीको खुद बीमा शुल्क आम्दानी १०० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको तीन महिनामा ६० करोड ८६ लाख खुद बीमा शुल्क आम्दानी गरेकोमा समीक्षा अबधीमा दोब्बर भन्दा बढिले बद्धि गर्दै एक अर्ब २१ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । व्यवसाय विस्तार गरेका कारण बीमा अभिकर्ताले पाउने कमिशनमा समेत ८९ प्रतिशतले बृद्धि भएको छ । गत आबमा ११ करोड रुपैयाँ कमिशन बुझेका अभिकर्ताहरुले चालु आवको तीन महिनामा२२ करोड चार लाख रुपैयाँ बुझेका छन् । कम्पनीको व्यवस्थापन खर्च ८२ प्रतिशतले बृद्धि भएको देखिएको छ भने खुद दावी भुक्तानी ११७ प्रतिशतले बृद्धि भएको छ । नयाँ कम्पनीले भएको विगतमा दावी भुक्तानी सारै न्यून हुने हुँदा यस्तो बृद्धि देखिएको हो ।
जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम छ अर्व ८९ करोड मध्ये करिब ७२.४७ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ ।