काठमाडौं । प्राथमिक शेयर निष्काशन गर्नका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एनआइबीएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सिटिजन लाइफले ७५ करोड बराबरको रु. १०० दरका ७५ लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।
यस सम्बन्धी सम्झौता–पत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबीएलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरे ।
अधिकृत पुँजी ३०० करोड रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट १७५ करोड चुक्ता भइसकेको र सर्वसाधारणका लागि छुट्याइएको रकम ७५ करोड निकट भविष्यमा सर्वसाधारणलाई शेयर जारी गरी कम्पनीको चुक्ता पुँजी २५० करोड पुग्ने जनाएको छ ।
प्राथमिक शेयर निष्काशन गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको यस आ.व. २०७६/०७७ को चौँथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सोमा १६४ प्रतिशतले र कुल बीमा शुल्क आर्जनमा ६९ प्रतिशत प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ प्रतिशतले वृद्धि गरी ४९ करोड ६१ लाख रलगानी र बीमालेखको धितो तथा अन्यकर्जाबाट प्राप्तहुने आयमा ३१ प्रतिशतको वृद्धिगरी रु. ३३ करोड ८३ लाख पु¥याउन सफल भएको छ ।