free website hit counter

सिटिजन लाइफको आईपीओ प्रतिकित्ता २९० मा

beemaadmin
२०७९ चैत्र ६, सोमबार

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। सिटिजन लाइफले नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा आज निवेदन दिँदै आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। यो कम्पनीले सेबोनसँग ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कर्मचारीलाई र २९० रुपैयाँका दरले सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछ। सर्वसाधारणका लागि भने यो आईपीओमा १९० रुपैयाँ प्रिमियर थप गरिएको छ। यो कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ। सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार