free website hit counter

सिटिजन लाइफको नयाँ बोनस दर सार्वजनिक

beemaadmin
२०७९ चैत्र ५, आईतवार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८÷७९ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट फागुन २९ गते स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । त्यस अनुसार २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । त्यस अनुसार कम्पनीको अग्रमि भुक्तानी सावधिक (रेगुरल) जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस पाउनेछन ।
यस्तै सावधिक जीवन बीमा लेख ९रेगुलर० मा बीमितले प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा न्युनतम ३५ रुपैयाँ देखि ७५ रुपैयाँसम्म र सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेखमा न्युनतम ४२ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस पाउनेछन् ।
वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्युनतम २२ रुपैयाँ देखि ३८ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) मा न्युनतम ३८ रुपैयाँ देखि ७५ रुपैयाँसम्म बोनस पाउनेछन् । उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार