काठमाडौं । आफ्ना बीमितलाई घातक रोग देखिएपछि घातक रोग बापतको बीमा दाबी रकम भुक्तानी गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको अर्घाखाँची शाखाले घातक रोगको दावी भुक्तानी वापत ४ लाख ७८ हजार २७७ रुपैयाँ प्रदान गरेको हो । एक कार्यक्रमको आयोजना गरी बीमितकी आमा चन्द्रकला खत्रीलाई उक्त रकम हस्तान्तरण गरिएको हो । सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर बिकको प्रमुख आतिथ्यता र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रिय शाखा प्रबन्धक लक्ष्मण मरासिनीको विशिष्ट आतिथ्यतामा सन्धिखर्क नगरपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली, कार्यक्रम संचालक एजेन्सी म्यानेजर तथा गोल्ड क्लब विजेता राजु खनाल, अर्घाखाची शाखाका कर्मचारी र लिडरहरुले संयुक्त रुपमा चेक प्रदान गरेका छन् ।
मलारानी ९ निवासी २५ वर्षिय नरेन्द्र क्षेत्रिले २०७६ मंसिर महिनामा सिटिजन लाइफको अर्घाखाँची शाखाबाट ५ लाखको बीमा गरेका थिए । उनको उपचारकै क्रममा कम्पनिले बीमाङ्क रकम ५ लाख रुपैयाँको घातक रोग उपचार खर्च वापत ४ लाख ७८ हजार २७७ रुपैयाँ प्रदान गरिएको क्षेत्रीय शाखा प्रबन्धक लक्ष्मण मरासिनीले बताए । क्षेत्रीय प्रवन्धक मरासिनीले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिल बिनानै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि ठाकुर बिकले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व समेत पुरा गरेको र समस्त नेपाली जनतालाई आर्थिक सुरक्षाको लागि बीमा अत्यावश्यक र अनिवार्य भएको बताए । बीमितका परिवारले पनि कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थिक सहयोग र हौसला प्राप्त भएको र सिटिजन लाइफमा बीमा गरेर आर्थिक रुपले ढुक्क हुन सकिने बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरे ।