free website hit counter

सिटिजन लाइफले दियो ६० लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७७ पुष २९, बुधबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमितका आश्रित परिवारलाई दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको कावासोती शाखाले एक कार्यक्रम गरि बीमा दाबी भुक्तानी गरेको छ।घाँस काट्ने क्रममा भिर बाट लडेर मृत्यु भएकी मृतक पिहिसरा सार्कीको परिवार लाई आज बुलिङ्टार–५, कुतिया स्थित उहाकै घरमा गई मृतकका परिवारलाई ६० लाखको चेक हस्तान्तरण गरिएको कुरा शाखा प्रमुख जगत ढकालले जानकारी दिएको छ । उक्त कार्यक्रम बोल्दै मृतका श्रीमान लाल वहादुर नेपालीले बीमाबाट धेरै राहत हुने कुरा सुनेको तर आज आफैलाइ पर्दा महसुस गरेको कुरा व्यक्त गरे ।वडा प्रतिनिधि, विभिन्न सहकारीका ब्यवस्थापक, शिक्षक,एजेन्सी म्यानेजरको उपस्थितीमा भएको उक्त कार्यक्रमको संचालन एजेन्सी म्यानेजर अमृत पोख्रेलले गरेको थियो ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार