free website hit counter

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न

beemaadmin
२०७९ पुष २२, शुक्रबार

काठमाडौं । बीमा व्यवसायलाई सबैको पहुँचमा पु¥याउन बीमकहरु बीमा चेतना अभियानमा जुटेका छन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।
२०७९ साल, पुष २१ गते बेनी बजार स्थीत जिल्ला समन्वय कार्यालयको सभाहलमा राष्ट्रिय व्यक्तित्व तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ब्राण्ड एम्बेसेडर द्वुय श्री मदन कृष्ण श्रेष्ठ ज्यू, श्री हरिवंश आचार्य ज्यू, म्याग्दी जिल्लाका जनप्रतीनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, त्यहाँका बैंक तथा वित्तिय संस्थाका कर्मचारी, विभिन्न समूह, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी, अभिकर्ताहरु लगायत स्थानीय जनसमुदायको उल्लेख्य उपस्थितीमा भव्य कार्यक्रम सम्पन्न गरेको छ ।
म्याग्दी जिल्लाको बेनी बजारमा करीब ३०० जनाको सहभागितामा बीमा सचेतना सम्बन्धी बृहत ¥याली प्रदर्शन गर्दै कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा महजोडीले जीवन बीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिनुभयो । ‘‘मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको वीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाईन्छ’’–श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल ज्यूले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणाको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नविन, नयाँ र आकर्षक सुविधा सहित आएको बताउनुभयो ।
कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत, जिल्ला समन्वय समितिका उप–प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार