free website hit counter

सिटीसिटिजन्स लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

beemaadmin
२०७७ आश्विन १३, मंगलवार

काठमाडौं । सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । आईपीओ निष्कासनको लागि इन्स्योरेन्स र एनआइविएल एस क्यापिटलबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको चुक्तापूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । ७५ करोडको आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।

सम्बन्धित समाचार