काठमाडौं । बेला बेलामा आफ्ना ग्राहकलाई आकर्षक कार्यक्रम सार्वजनि गर्दै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले साउदी अरबको बैंक अल बिलाद –एन्जाजसँगको सहकार्यमा साउदीमा रहेका नेपालीलाई विभिन्न उपहारहरुको योजना सार्वजनिक गरेको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा दरिलो उपस्थिति जनाउँदै बिगत १३ बर्षदेखि विश्वभरबाट रेमिटान्स सुविधा दिँदै आइरहेको छ ।
सिटी एक्सप्रेसले ल्याएको नयाँ योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल–अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिलाद ए।टी।एम, एन्जाज सेल्फ–सर्भिस मेसिन, एनजाज पिओएस, एन्जाज सेन्टरमा उपलब्ध छ ।
सो योजनाअन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले विश्वको जुन सुकै ठाउँको निशुल्क हवाई टिकट, २४ जनाले ५ ग्राम सुनको सिक्का, ४५ जनाले सिटी म्याक्सको सपिङ भाउचर र अन्य आर्कषक पुरस्कारहरु जित्न सक्ने जनाइएको छ । यो योजना जनवरी ३० देखि अप्रिल ३० सम्म लागु बताइएकोछ ।