free website hit counter

सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०७८ चैत्र ३०, बुधबार

काठमाडौं । अग्रणी बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पर्यटन बोर्डको सभाकक्ष भृकृटी मण्डप काठमाडौंमा सम्पन्न भएको हो । सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्व १२ करोडकोे १५ प्रतिशत वोनस शेयर जारी गर्ने तथा कर प्रयोजनार्थ ०।७८९५ प्रतिशत नगद लाभांस प्रदान गर्ने र मर्जर सम्वन्धि विशेष प्रस्ताव पारित गरेको छ ।
उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७७÷७८ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत २ अर्व ३५ करोड ९५ लाख ६८ हजार बीमा शुल्क आर्जन गरेकोे थियो भने चालु आर्थिक वर्षको साधारण सभाको दिन सम्म कम्पनीले १ अर्व ९२ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ती अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ति गर्न परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाका लागि तय भएका छन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार