free website hit counter

सिद्धार्थ इन्स्योरेन्सले बढायो मुनाफा

beemaadmin
२०७७ भाद्र २, मंगलवार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ८० करोड ७५ लाख ५३ हजार रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले कूल दुई अर्ब एक लाख ३४ हजार रुपैयाँको बीमा कारोबार गरी आर्जित आम्दानीबाट सो मुनाफा बचत गर्न सफल भएको हो । यद्यपि कम्पनीको खुद बीमा शुल्क भने घट्न गएको छ ।

कम्पनीले गत आवमा ८४ करोड २५ लाख ९७ हजार रुपैयाँ बीमा खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको कूल बीमा शुल्कमा भने बृद्धि भएको छ । कम्पनीले गत आवमा २ अर्ब एक लाख ३४ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत आवमा एक अर्ब ८६ करोड २१ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको थियो । गत आवमा कम्पनीको मुनाफामा उल्लेख्य रुपमा बृद्धि भएको छ । कोरोना भाइरसको कारण सवारी दुर्घटना कम भएको र अन्य उद्योग तथा कलकारखाना समेत बन्द भएकोले बीमा दावी सम्बन्धी घटनाहरु कम भई दावी भुक्तानी घटेको हो । कम्पनीको दावी भुक्तानी ९ प्रतिशतले घटेको छ ।

अघिल्लो आवमा ५५ करोड ४६ लाख ७८ हजार रुपैयाँ दावी भुक्तानी दिएको कम्पनीले गत आवमा ५० करोड छ लाख ४७ हजार रुपैयाँ दावी भुक्तानी दिएको छ । त्यस्तै, कम्पनीको बीमा कोष, जगेडा कोष र महाविपत्ति कोषमा समेत उल्लेख्य बृद्धि गर्न सफल भएको छ । तीन वटै कोषमा गत वर्षको तुलनामा ३१ प्रतिशतले बृद्धि गर्दै एक अर्ब २२ करोड ३७ लाख ८५ हजार रुपैयाँ जम्मा गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीको तीन वटै कोषमा ९२ करोड ८३ लाख सात हजार रुपैयाँ मात्रै थियो । कम्पनीले गत आर्थिक वर्षमा एक एक लाख ३२ हजार २३९ वटा बीमा पोलिसी बिक्री गरेको छ । अघिल्लो वर्ष एक लाख ३० हजार ५४६ वटा पोलिसी बिक्री गरेको थियो । कोरोना महामारीका बेलामा पनि कम्पनीले थप बीमा कारोबार गर्न सकेको देखिएको छ ।

सम्बन्धित समाचार