free website hit counter

सिद्धार्थ क्यापिटलले २५ प्रतिशत लाभांश बाँड्ने

beemaadmin
२०८० आश्विन ४, बिहीबार

काठमाण्डौ । सिद्धार्थ क्यापिटलले आर्थिक वर्ष २०७९–८०का लागि २५ प्रतिशत लाभांश बाँड्ने भएको छ। कम्पनी सञ्चालक समितिको बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई नगद लाभांशबापत ५ करोड रुपैयाँ वितरण गर्नेछ। यसैबीच सञ्चालक समितिको बैठकले आफ्नो १२औँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ। सभा असोज २५ गते काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटलमा अपराह्न ४ बजेबाट सुरु हुनेछ। सभाले प्रस्तावित लाभांश स्वीकृत गरेपछि सेयरधनीहरुले पाउनेछन्। सोही सभाले उक्त आर्थिक वर्षमा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरिएको रकम २ करोड ६८ लाख ५ रुपैयाँ पारित गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार