free website hit counter

सिद्धार्थ प्रिमियरको ५.३३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

beemaadmin
२०८० मंसिर २२, शुक्रबार

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै प्रतिकित्ता न्यूनतम २२० रुपैयाँमा बिक्री गर्ने गरी ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक सेयरको बिक्री आजदेखि खुलाएको हो । कम्पनीका विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति, फर्म वा कम्पनी, संघसंस्थाहरुले मंसिर २८ गतेसम्म आफूले किन्न चाहेको दररेटसहित गोप्य शिलबन्दी बोलपत्र पेश गर्न भनिएको छ । कम्पनीको सेयर बिक्री तथा निश्कासनमा प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गर्दै आएको छ । इच्छुकले एनआईसी एशिया क्यापिटलको काठमाण्डौस्थित मुख्य कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ। सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५००० कित्ताका लागि आवेदन दिनुपर्ने तथा अधिकतम सबै कित्तासम्मका लागि समेत आवेदन दिन सकिने जनाइएको छ । सबैभन्दा बढी मूल्य लगाउने आवेदकलाई प्राथमिकतामा दिई सो सेयर बिक्री गरिने समेत सूचनामा उल्लेख छ । यो कम्पनीको साधारण सेयरको दोश्रो बजारमा मूल्य प्रतिकित्ता रु. ७०० हाराहारीमा छ । पछिल्लो समय दोश्रो बजारमा सूचीकृत कम्पनीहरुको संस्थापक सेयर बिक्रीको लहर नै चलेको छ । मुलुकमा चलेको आर्थिक मन्दीबाट सिर्जित समस्या समाधान गरी आकस्मिक रुपमा उत्पन्न वित्तीय दायीत्व पूरा गर्न ठूला घरानाहरुले नै पनि संस्थापक सेयर धमाधम बिक्री गरिरहेका देखिएको छ । दोश्रो बजारमै पनि निकै ठूलो परिमाणमा संस्थापक सेयरको किनबेच हुन थालेको छ । यसले समेत कतिपय ठूला व्यापारिक तथा व्यवसायिक प्रतिष्ठान आर्थिक समस्यामा फसेका र त्यसलाई समाधान गर्न सस्तो मूल्यमै संस्थापक सेयर फ्याकिरहेका विश्लेषकहरुको दाबी छ ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार