free website hit counter

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ४५ करोड

beemaadmin
२०८२ बैशाख ३०, मंगलवार

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४५ करोड ३६ लाख रुपियाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २४ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले ५९ करोड ७१ लाख रुपियाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क ३।१४ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपियाँ पुगेको छ । गत आवको त्रैमासमा १ अर्ब ३२ करोड रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ३०.८२ प्रतितशले घटेर ३६ करोड ४८ लाख रुपियाँमा झरेको छ । २ अर्ब ८० करोड रुपियाँ हाल यसको कम्पनीको रिटेन्ड अर्निङमा ६८ करोड ४८ लाख रुपियाँ र अन्य इक्विटीमा १ अर्ब १९ करोड रुपियाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिशेयर आदानी पनि घटेको छ । यस्तो आम्दानी २८।३७ रुपियाँबाट २१.५५ रुपियाँमा सीमित भएको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ २६३.७२ रुपियाँ रहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार