free website hit counter

सिद्धार्थ बैंकको स्मार्ट टेलर

beemaadmin
२०७७ पुष २७, सोमबार

काठमाडौं । प्रविधिमैत्री सेवाको प्रयोगलाई बढावा दिँदै आएको सिद्धार्थ बैंक लिमिटेडले नयाँ सेवा ‘स्मार्ट टेलर’सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सो सेवा ल्याइएको बताइएको छ । यस सुविधा सञ्चालन पश्चात् ग्राहकहरुले चेक वा एटीएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बैंक खाताबाट सहजै रकम झिक्नरनिकाल्न सक्नेछन् जसले गर्दा ग्राहकहरुको समयको बचत हुनेछ र बैंकिङ्ग सेवा अझ बढि सुविधाजनक हुनेछ ।
ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप (सिद्धार्थ बैंक स्माट) बाट बैंकको काउण्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक १० लाखसम्मको रकम निकाल्न सक्नेछन् ।

सम्बन्धित समाचार