काठमाडौं । सिभिल बैंक लिमिटेडले १०औं वार्षिक साधारण सभाले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १ सय ७३ रुपैयाँ ९१ पैसा बराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर ०.४२ प्रतिशतका दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४ सय ८२ रुपैयाँ ८४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै सभाले आव २०७७÷०७८ को लेखापरिक्षण गर्नको लागि एनबीएसएमएन्ड एसोसियट्सलाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति गर्ने–हुने वा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ । सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।