free website hit counter

सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकले शुरु गर्यो एकिकृत कारोबार

beemaadmin
२०७८ असार २७, आईतवार

काठमाडौं । सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि सिटिजन्स बैंक इन्टरनेशनलले एकिकृत कारोबार शुरु गरेको छ। सिर्जनालाई प्राप्ति गरेपछि बैंकले असार २६ गते शनिबारदेखि एकिकृत कारोबार शुरु गरेको हो। सिटिजन्स बैंक र सिर्जना फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोह बीच बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन्। बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। प्राप्ती पश्चात बैंकको कुल शाखा १८९ हुनेछ। यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या पनि करिव १२ लाख पुगेको बैंकले जनाएको छ।
हाल सिटिजन्स बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्सको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा २७ वटा शाखाहरु सञ्चालनमा आएका छन्। सिर्जना फाइनान्सका शेयरधनीहरुले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर पाउनेछन्। सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तिपश्चात चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार