free website hit counter

सीईओ कोइरालाले अर्को कार्यकाल सुरु

beemaadmin
२०८१ बैशाख २, आईतवार

काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ सन्तोष कोइरालाले नयाँ वर्षसँगै वैशाख १ देखि अर्को कार्यकाल सुरु गरेका छन् । उनले वैशाख १ देखि लागू हुने गरी आगामी ४ वर्ष बैंकको नेतृत्व सम्हालेका हुन् । उनलाई गत पुस ५ को बैंक सञ्चालक समिति बैठकले पुनः नियुक्ति गर्ने निर्णय गरेको थियो।
उनीसँग २१ वर्ष लामो बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ। बैंक अफ काठमाण्डुबाट करिअर सुरु गरेका उनले सानिमा बैंकमा समेत काम गरेका थिए।
उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, नेदरल्यान्डको इरासमस युनिभर्सिटीबाट एडभान्स मेनेजमेन्टमा डिप्लोमा गरेका छन्।

सम्बन्धित समाचार