free website hit counter

सीमाना चिनियाँ सैनिकसँगको झडपमा भारतीय सैन्य कमाण्डरसहित तीन सैनिकको मृत्यु

beemaadmin
२०७७ असार २, मंगलवार

नयाँदिल्ली । भारत यस्तो मुलुक हो जसको सबै छिमेकीसँग सीमा विवाद छ । छ वटा छिमेकीसँग भारतको सीमा विवाद छ । नेपाललाई जस्तो चिथोमिचो अरु मुलुकले सहने अवस्था छैन । अब त नेपाल पनि जागिसकेको छ नेपालले पनि भारतको थिचोमिचो सहेको छैन । भारतको लद्दाखस्थित गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाको मृत्यु भएको छ।सोमबार राति भएको झडपमा भारतीय सेनाका एक कमाण्डिङ अफिसर र दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। गएराति गल्वान भ्यालीमा भारतीय र चिनियाँबीच बढेको तनावलाई नियन्त्रणमा लिने क्रममा हिंसात्मक झडप भएको थियो। जसमा केही सेनाले ज्यान गुमाएका थिए। भारततर्फ मृत्यु हुने एक अफिसर र दुई सेना छन्। अहिले परिस्थितिलाई नियन्त्रणमा लिन दुबै पक्षका बरिष्ठ सैनिक अधिकारीहरूबीच छलफल भइरहेको छ, भारतीय सेनाको विज्ञप्तिलाई उल्लेख गर्दै एनडिटिभीले लेखेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। भारतीय सेनाले घटनाबारे जानकारी दिन अहिले २ बजे पत्रकार सम्मेलन गर्दैछ। लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच तनाव बढ्दै गएको थियो। (एजेन्सी)

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार