free website hit counter

सीवाईसी नेपाल लघुवित्तले आईपीओ जारी गर्ने

beemaadmin
२०७८ आश्विन १६, शनिबार

काठमाण्डौ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। सीवाईसी नेपालले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा गत असोज ११ गते आवेदन दिएको हो। सीवाईसी नेपालले सेबोनसँग ३ करोड ९५ लाख रुपैयाँ बढीको आईपीओ निष्कासनको अनुमति मागेको छ।
सेबोनले अनुमति दिएमा सीवाईसी नेपालले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नेछ। सीवाईसी नेपालको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।
बागलुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेकोे राष्ट्रियस्तरको यो लघुवित्तले हालैमात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई प्राप्ति गरेको थियो।
प्राप्तिपश्चात संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७।०४ रुपैयाँ रहेको छ। संस्थापक समूहको ६७।५० प्रतिशत सेयर रहेको संस्थामा एउटा संस्थासहित ९९ जना संस्थापक सेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँबराबरको सेयरपुँजी चुक्ता भइसकेको छ। संस्थाले हाल ३७ वटा शाखा कार्यालयमार्फत राष्ट्रियस्तरमा ४७ हजारभन्दा बढी विपन्न परिवारलाई समूहमा आबद्ध गरी वित्तीय सेवा दिँदै आइरहेको छ।
विगत २१ वर्षदेखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आइरहेको चारतारे युवा क्लब नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा मिति २०७५ साल माघ २८ गते इजाजतपत्र प्राप्त गरी २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार