free website hit counter

सुनको भाउमा फेरी बनायो रेकर्ड

beemaadmin
२०८१ आश्विन ६, आईतवार

काठमाडौं । सुनको भाउमा लगातार नयाँ रेकर्ड बन्न थालेको छ। पछिल्लो समय निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ आइतबार पनि तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसअघि गत भदौ ३१ गते सुन प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएकोमा आइतबार त्यो रेकर्डलाई तोड्दै अर्को नयाँ रेकर्ड कायम गरेको हो। सुनको भाउ बढ्ने क्रम अहिले पनि निरन्तर चलिरहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार