काठमाडौं । सुनको भाउमा उच्च वृद्धि भएको छ । कात्तिक २३ गते, बुधबार सुन तोलामा नै एक हजार ४०० रुपैयाँले महंगिएको छ । यस दिन चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ पुगेको छ । यसअघि सुनको मूल्य निरन्तर दुई दिन घटेको थियो । मंगलबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएर प्रतितोला ९४ हजार रुपैयाँमा झरेको थियो । चाँदीको मूल्य पनि बुधबार महंगिएको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन, चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँ कायम रहेको छ ।